‘भ्रष्टाचार गर्न राजनीतिमा आएको हैन’ भन्दै भोट माग्दै दिपक

इटहरी | कात्तिक २१, २०७९

‘भ्रष्टाचार गर्न राजनीतिमा आएको हैन’ भन्दै भोट माग्दै दिपक


पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले भ्रष्टाचार गर्न र कमाउन राजनीतिमा नआएको बताउँदै भोट माग्दै छन् । 

 

आफ्नो उम्मेदवारी विकासकालागि भएको भन्दै गुरुङ घरदैंलोमा व्यस्त छन् । पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् । 

 

‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’ 

 

उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले विकास सम्भव रहेको बताए । टोल, गाउँमा बेरोजगारको समस्या सुनेका गुरुङले उद्यमशील फ्याट्री खोल्ने आश्वासन बाँडे । ‘बहुउद्धेश्यीय समाज घर, आमा समूह घरमा युवालाई सिप सिकाएर उद्यमशिल बनाउनेछु,’ उनले भने, ‘त्यसपछि गाउँमै विकास हुनेछ । विदेशको मोह हराउनेछ ।’

 

घरदैलो अन्तर्गत कालिकाको काफलबारी पुगेका गुरुङलाई स्थानीयले पुल नबन्दा समस्या परेको गुनासा सुनाए । वडा नं १३ र २८ जोड्ने पुल विचमै रोकिँदा काफलबारी विकास हुन नसकेको स्थानीयको गुनासो थियो । गुरुङले निर्वाचित भइसकेपछि पहिलो काम पुल निर्माणमा लाग्ने बताए ।

 

‘तपाईँका समस्यालाई मैले टिपोट गरेको छुँ । म भ्रष्टाचार गर्न राजनीतिमा आएको होइन । समाज विकास गर्नको लागि हो,’ उनले भने, ‘पुलको काम अध्ययन गरेर निर्वाचित भइसकेपछि काम सुरु हुनेछ ।’ गुरुङले आफ्नो लभ्य भनेको इमान्दारपूर्वक जनताको सेवा गर्ने स्थानीय माझ सुनाए । 

 

नेपाली काँग्रेस वडा २८ का सभापती विश्वरमण अधिकारीले इमान्दारपूर्वक लागि परेर गठबन्धनको सरकारलाई जिताउन आग्रह गरे । ‘कालिकाको विकासको लागि आफ्नै घरआगनका नेता पाएका छौं । अब जिताउने काम हामी सबैको हो,’ उनले भने । 


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्